दलका मुध्दामा सर्वोच्चबाट सुनुवाइ धमाधम

दलका मुध्दामा सर्वोच्चबाट सुनुवाइ धमाधम

निर्वाचन आयोगले गत ११ साउनमा गरेको हेड काउण्टका विरुध्द सर्वाेच्च अदालत पुगेका महन्थ ठाकुर लगायतले दायर गरेको मुध्दा को पेशी आजलाई चढेको छ ।

निर्वाचन आयोगको उपेन्द्र यादव पक्षधर र महन्थ ठाकुर पक्षधर कार्यकारिणी सदस्यहरुलाई लाइन लगाएर टाउको गन्ने निर्णयका विरुद्ध ठाकुर सर्वाेच्च पुगेका थिए । सो रिटको सुनुवाई न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको ५ नम्बर इजलाशमा हुने छ । आयोगले ५१ कार्यकारिणी समितिको टाउको गन्दा ३४ जना उपेन्द्र यादव-बाबुराम पक्षमा खुलेका थिए भने १६ जना महन्थ ठाकुरतिर लागेर अल्पमतमा परेका हुन् । जसपाको आधिकारिकता अहिले उपेन्द्र यादव पक्षधरको पोल्टामा परेको छ ।

यता जसपा पार्टी नै अवैध रहेको भन्दै सोही पार्टीका उपाध्यक्ष तथा कानुन व्यवसायी राजकुमार थापाले दायर गरेको रिट साउनको २५ गतेका लागि पेशी तोकिएको छ ।

टिप्पणीहरू