मन एमाले,तन माओवादी बन्न सर्वोच्चको शरण

मन एमाले,तन माओवादी बन्न सर्वोच्चको शरण

माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीसहितले माओवादीकै साँसद रहिरहन पाऊँ भनी दिएको रिट निवेदनउपर हिजो हेर्न नभ्याइएकोमा आज फेरि पेशी चढेको छ ।

हिजो दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट हेर्न भ्याइएको थिएन । सो रिटउपर सुनुवाईका लागि आज डा.आनन्दमोहन भट्टराईको ६ नम्बर इजलाशलाई जिम्मेवारी तोकिएको छ ।

प्रभू साह,लेखराज भट्ट,गौरी शंकर चौधरीसहित पूर्व माओवादीका सात भाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संकटमा पर्दा ओलीको पछि लागेर मन्त्री पद खान गएका थिए ।उनीहरु ओली बालुवाटारबाट बालकोट फर्किएसँगै आफ्नो मूल घर (माओवादी) नफर्कने तर माओवादी कोटाको सांसद पद भने जोगाउने ध्याउन्नमा सर्वोच्च गुहार्न पुगेका हुन् ।

०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विवादमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमा लागेर टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु साह र गौरीशंकर चौधरी मन्त्री दोहोर्याएर मन्त्री बन्न गएका थिए । उनको रिटमा आफूहरु नेकपा एमाले प्रवेश नगरेको र हालसम्म माओवादी केन्द्रकै नेता रहेको दावीसमेत गरिएको छ ।

टिप्पणीहरू