जहाँ बालुवामा पोलेको आलु प्रख्यात छ..

भारतको उत्तर प्रदेशमा बालुवामा पोलिएको आलु निकै प्रख्यात हुँदै गएको छ । आलुलाई सोझै आगोमा नभई ठूलो भाँडोमा तताइएको बालुवामा पकाइन्छ ।

सडक छेउमा बेचिने विभिन्न परिकारमध्ये अहिले उत्तरप्रदेशमा त्यस्तो आलु सबैको रोजाई बनेको हो । त्यसको मूल्य २ सय ५० ग्रामको भारु २० पर्छ ।

झण्डै ७ वर्षदेखि त्यस्तो आलु बेच्दै आएका एक जना व्यापारीले भनेका छन्, ‘ग्राहकले धनियाँ र गोलभेँडाबाट बनेको अचार,बटर र मसलामा चोपेर खान्छन् ।’

ती व्यापारीले बालुवामा पकाइएको आलुलाई नाङ्गो हातले झिकेर बाँसको टोकरीमा खन्याउँछन् । त्यसपछि आलुको बोक्रा छोडाएर बेच्ने गरिएको देखिन्छ ।

https://www.facebook.com/foodieincarnate/posts/161916809090994

टिप्पणीहरू