डेढ सय वर्ष भारतमा राज गर्ने कम्पनी अहिले भारतीयको हातमा

डेढ सय वर्ष भारतमा राज गर्ने कम्पनी अहिले भारतीयको हातमा

एक समय बेलायतको स्वामित्वमा रहेको द इष्ट इण्डिया कम्पनी अहिले सन्जिव मेहता नामका भारतीय उद्यमीको स्वामित्वमा पुगेको छ ।

यो कम्पनी सन् १६०० मा भारतबाट युरोपमा मसला, चिया र विदेशी सामान आयात गर्न बेलायतमा स्थापना भएको थियो ।

सन् १८५७ मा सैनिकहरुले बेलायतविरूध्द विद्रोह गरेपछि द इष्ट इण्डिया कम्पनी विघटन भएको हो । वर्षौंसम्म सेलाएपछि केवल सम्झना र इतिहासका पानामा सिमित रहेको उक्त कम्पनी भारतको इतिहासमा भने उत्पीडन र अपमानको प्रतीक रहँदै आएको छ ।

भारतीय उद्यमी मेहताले सन् २००५ मा कम्पनीको स्वामित्व खरिद गरेपछि उक्त कम्पनीलाई महँगो रक्सी,चिया,कफी र खानेकुराको ब्राण्डमा लगाएका हुन् ।

टिप्पणीहरू