भारतीय एउटा पत्रिकाको आम्दानी भरमार

भारतीय एउटा पत्रिकाको आम्दानी भरमार

भारतीय अखबार दैनिक भाष्करले पत्रकारिताको आवरणमा विभिन्न गलत कार्य गरेको भन्दै सरकारले कर कार्यालय लगाएर छानबिन थालेको छ ।

आजाद भारत न्यूज पोर्टलका अनुसार पत्रकारिताको आडमा उक्त समूहले प्रधानमन्त्री नरेन्द्र मोदी र विजय माल्याहरूको धन्दालाई बिर्साउने काम गरेको पाइएको छ ।

हालै उक्त समूहको विभिन्न राज्यस्थित ९ वटा शहरको ३२ वटा शाखा कार्यालयमा छापा मारिएपछि उक्त रहस्य खुलेको हो ।

छापा मारेपछिको प्रारम्भिक अनुसन्धानबाट उक्त समूह १ सयभन्दा बढी कम्पनीमार्फत् कालो धन परिचालन गर्ने र त्यसलाई वैधानिक बनाउने गैरकानूनी कार्यमा संलग्न रहेको तथ्य खुलेको हो ।

यस्तै दैनिक भाष्कर समूहले आफ्ना कर्मचारीहरुको नाममा थुप्रै कम्पनी स्थापना गरेर त्यस्तो रकम स्थानान्तरणको लागि प्रयोग गरिरहेको आरोप पनि लागेको छ । तर, त्यस्ता कम्पनीका मालिक भनिएका भाष्करका कर्मचारीले भने उक्त कार्यबारे अनभिज्ञता जाहेर गरेका छन् ।

ती कम्पनीमार्फत् दैनिक भाष्कर समूहले फजुल खर्च गर्ने गरेको पाइएको छ । पछिल्लो ६ वर्षमा उसले विभिन्न शीर्षकमा सात सय करोड भारु खर्च गरेको देखिन्छ ।

त्यति मात्रै होइन,समूहको कम्पनीले एक अर्काबीच २२ सय करोडको कारोबार गरेका छन् भने यताको रकम उता पुर्याउने काम समेत गर्दै आएको बताइन्छ ।

टिप्पणीहरू