अमेरिका बस्ने छोरीको नाममा पहिल्यै शेयर किन्दा स्पस्टिकरण

अमेरिका बस्ने छोरीको नाममा पहिल्यै शेयर किन्दा स्पस्टिकरण

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । पुँजी बजारको नियमनकारी निकाय बोर्डका जिम्मेवार अधिकारीले प्राथमिक निश्कासन (आईपीओ) हुन लागेको एउटा कम्पनीको सेयर गलत ढंगले लिएको समाचार बाहिरिएपछि हिजो स्पष्टीकरण सोधिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रमा भनिएको छ, ‘सञ्चारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्य,तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन आदेशानुसार अनुरोध गरिएको छ ।’पुँजी बजारको नियामक निकाय बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले प्राथमिक निष्कासन हुन लागेको एक कम्पनीको सेयर कानुन विपरित विदेशमा रहेकी छोरीको नाममा लिएको समाचार केही दिनदेखि सञ्चारमाध्यममा प्रकाशित हुँदै आएको छ ।

टिप्पणीहरू