लत्रिएको तारमा टेक्दा करेन्ट लागेर मृत्यु

लत्रिएको तारमा टेक्दा करेन्ट लागेर मृत्यु

सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका-१० खाल्टेका कामी भन्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो ।

जंगलमा घाँस काट्न गएका उनको घरबाट करिब १ सय मिटर टाढा सडक छेउमा बिजुलीको पोल भाँची भुईमा लत्रिएको तारमा टेक्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

टिप्पणीहरू