सबल मन्त्री र सहयोगी छान्न माधव नेपालको सल्लाह

सबल मन्त्री र सहयोगी छान्न माधव नेपालको सल्लाह

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सचिवालयमा काबिल र रचनात्मक खालका सहयोगीहरु राख्न सुझाव दिनुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले उक्त कुरा बताउनुभएको हो । सँधै राजनीतिक बाघको चर्चा हुने प्रधानमन्त्री निवास बालुवाटारमा आज जंगलमा बस्ने बाघको चर्चा गर्ने क्रममा नेपालले प्रधानमन्त्रीलाई उक्त सल्लाह दिनुभएको हो ।

विश्व बाघ दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू प्रधानमन्त्री रहँदा सहयोध्दाहरु राम्रा भएकाले प्रकृति संरक्षणको सम्बन्धमा उचित काम गर्न सकेको र त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुनेगरेको बताउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री देउवाले बाघको बासस्थानलाई सुरक्षित बनाउनेतर्फ थप ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले बाघको बासस्थानका लागि जंगल अपरिहार्य रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्नेतर्फ औंल्याउनुभएको हो । साथै बाघको वासस्थानको सुरक्षा गर्न चोरी निकासी रोक्नुपर्ने समेत प्रधानमन्त्रीले बताउनुभएको छ ।

टिप्पणीहरू