कार्यकर्ता सानेपामा,जम्मै नेता बूढानीलकण्ठमा

कार्यकर्ता सानेपामा,जम्मै नेता बूढानीलकण्ठमा

नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय,सानेपामा आज पनि धर्ना कार्यक्रम शुरु भएको छ । क्रियाशील सदस्यता वितरण र त्यसको छानबिनमा समेत अनियमितता भएको आरोप लगाउँदै पछिल्ला दिनमा धर्ना हुँदै आएको छ ।

आज काँग्रेस काठमाडौं क्षेत्र नं. ७ का पूर्वक्षेत्रीय सभापति धर्मराज अर्यालको नेतृत्वमा धर्ना शुरु भएको हो । धर्ना कार्यक्रममा उपस्थितहरुले क्रियाशील सदस्यता वितरणमा भएको अनियमितता र त्यसको छानबिनमा न्याय दे,व्यक्ति ठूलो कि पार्टी ठूलो ? हाम्रो क्रियाशील सदस्यता खोई ?, आन्तरिक लोकतन्त्र खोई ? लगायतका नारा लगाएका थिए ।

यता, पार्टी कार्यालयमा धर्ना भइरहेपछि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुको बैठक आफ्नै निजी निवास बूढानीलकण्ठमा बोलाउनुभएको छ । आज साँझसम्म मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी स्वरुप काँग्रेसले पदाधिकारी बैठक बोलाएको बताइन्छ ।

टिप्पणीहरू