आज पनि काठमाण्डौका ११ अस्पतालमा कोरोना संक्रमित देखिएनन्

आज पनि काठमाण्डौका ११ अस्पतालमा कोरोना संक्रमित देखिएनन्

पछिल्लो सातादेखि कोरोना महामारीको संक्रमण र मृत्युदर बढ्दै गएको छ । तर राजधानी काठमाण्डौका ११ वटा अस्पताल तथा आइसोलेशन सेन्टरमा संक्रमित देखिएका छैनन् ।

प्राप्त विवरणअनुसार काठमाडौंका ९ वटा अस्पताल तथा २ वटा आइसोलेशन सेन्टरमा कोरोनाका बिरामी देखिएका छैनन् ।

काठमाडौंको कीर्तिपुर मोडर्न अस्पताल,बयोधा अस्पताल, राजधानी अस्पताल,यति अस्पताल, ज्योति अस्पताल,बुद्धमाई अस्पताल,कीर्तिपुरको ज्येष्ठ नागरिक भवनमा रहेको आइसोलेशन सेन्टर,नयाँ बजार कभर्डहलमा रहेको आइसोलेशन, दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पताल,नागार्जुन नगरपालिकास्थित शहरी विकासको माथिलो भवनमा रहेको आइसोलेशन सेन्टर र स्वयम्भूस्थित आनन्द कुटीमा रहेको आइसोलेशन सेन्टरमा कोरोनाका बिरामी नरहेको बताइएको छ ।

त्यस्तै, आज काठमाडौंको आयुर्वेदिक अस्पतालमा ८३ जना, कलंकीस्थित नेशनल अस्पतालमा ३ जना,सहिद मेमोरियल अस्पतालमा २ जना,मनमोहन मेमोरियल अस्पतालमा १२ जना संक्रमित देखिएका छन् ।

उता ब्लु क्रस अस्पतालमा १ जना, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा ७५ जना,वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ सय ४ जना,चाल्नाखेल स्वास्थ्यचौकीमा ५ जना कोरोनाका बिरामी रहेको बताइएको छ ।

आज काठमाण्डौँको शुक्रराज ट्रपिकल अस्पताल टेकु र वीरेन्द्र सैनिक अस्पताल,छाउनीमा कोरोनाबाट एक एक जनाले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू