नेपाली सेना पनि तम्तयारीमा के कम !

नेपाली सेना पनि तम्तयारीमा के कम !

नेपाली सेनाले स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा आर्मर्ड भेहिकल रोड ड्राइभिङ अभ्यास सञ्चालन गर्ने भएको छ ।

सेनाको मेकानाइज्ड युनिटहरुबाट आर्मड भेहिकल र माइन प्रोटेक्टिभ भेहिकलहरुमा सकल दर्जाहरुको ड्राइभिङ क्षमता अभिबृध्दि गर्न तथा ती साधनहरुको अपरेशनल रेडिनेसलाई कायम राख्न अभ्यास सञ्चालन गर्न लागिएको सेनाले जनाएको छ ।योजनाअनुसार काठमाडौंको सीतापाइलामा तैनाथ युध्दकवच गणले आगामी भदौबाट चैत्र महिनासम्म,सुनसरी ब्यारेक इटहरीमा तैनाथ गुल्मले साउनमा र बोराडाँडी व्यारेक कैलालीमा तैनाथ गुल्मले साउन र भदौमा उक्त अभ्यास सञ्चालन गर्ने योजना रहेको छ ।
साथै,उक्त रोड ड्राईभिङ्गको विस्तृत कार्यक्रम नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np मा हेर्न सकिने समेत सेनाले जनाएको छ ।

टिप्पणीहरू