महिलाले नै महिलालाई भारत लगेर बेचेपछि ..

महिलाले नै महिलालाई भारत लगेर बेचेपछि ..

दुई जना महिलाले एउटी युवती र एउटी किशोरीलाई भारत लगेर बेचेको रहस्य खुलेको छ । झापा बिर्तामोड–९ घर भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की १९ वर्षीया खुश्बु विश्वकर्मालाई पर्सा प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

उनीहरुले झापाकी १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारत बिहारको छौँडादानो भन्ने स्थानमा बेचेका हुन् । नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयमा दास र विश्वकर्मा पक्राउ परेका छन् । अनुसन्धानको क्रममा उनीहरुले ती किशोरी र युवतीलाई वीरगञ्जको अर्केष्ट्रामा आकर्षक तलब प्राप्त हुने भन्दै झुक्याएर बिहार पुर्याएको खुलेको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उक्त घटनामा संलग्न अन्य तीन जनाको समेत प्रहरीले खोजी गरिरहेको छ ।

टिप्पणीहरू