नाबालकदाजुभाई मिलेर सानीआमाको हत्या

नाबालकदाजुभाई मिलेर सानीआमाको हत्या

रुकुमपश्चिममा सहोदर दाजुभाई मिलेर आफ्नै सानीआमाको हत्या गरेको खुलेको छ । त्रिवेणीगाउँपालिका ४, की २६ वर्षीया मनकलाखत्री खड्काको हत्यामा संलग्नभएको आरोपमाप्रहरीले मृतकका२ जनानाबालकभतिजालाई पक्राउ गरेको छ ।

बिहिबार जिल्लाप्रहरी कार्यालयमापत्रकार सम्मेलन गरेर त्रिवेणीगाउँपालिका ४ का १५ र ११ बर्षका दुईजनानाबालकलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरु सहोदर दाजुभाई हुनभने मृतकमनकलाउनीहरुकीकाईली सानीआमाहुन् ।

गतसोमबार रातिमनकलाको त्रिवेणि गाउँपालिका ३ मामकैबारीमाहत्याभएको थियो । घर नजिकै रहेको गोठमा भैंसीलाई घाँस हाल्नगएकीमनकला रातिसम्मनफर्केपछि उनको खोजिभएको र खोजिकाक्रममामनकलाको गोठबाट फर्कने बाटो भन्दातीनकान्लातलशव भेटिएको थियो । बुधबार ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले आजदुई जनालाई हत्यामा संलग्नभएको बताएको हो । कर्णालीप्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्लाप्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धानगर्दै जाँदाप्रतिवादीद्वयले धारिलो हतियार (खुर्पा) प्रहार गरी कर्तव्य ज्यान गरेकोखुल्नआएकोजिल्लाप्रहरी कार्यालयकाप्रमुखप्रहरी नायबउपरिक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

उनीहरुले मनकलाको हत्या गरी मकै बारीमाफालेर मृतकको नाक, कानमाभएका सुनका गरगहना समेत लिएको डिएसपी श्रेष्ठले बताउनुभयो । घरको रिसिईबि र परम्पराबादी सोचको कारण हत्या सम्मको अपराध गरेको बताईएको छ ।

उनीहरुका साथै १५ बर्षिय प्रतिवादीको घरबाट सुनको कानबाली २ थान, मुन्द्री २ थान, नाकको टुक्की फुलि १ थान र हसिँया (खुर्पा) १ थान बरामदगरिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीेले जनाएको छ ।

टिप्पणीहरू