उपाध्यक्ष र सदस्यलाई एकमुष्ट सपथ

उपाध्यक्ष र सदस्यलाई एकमुष्ट सपथ

राष्ट्रिय योजना आयोगले नयाँ उपाध्यक्ष पाएको छ । देउवा सरकारले गत हप्ता मात्रै डाक्टर विश्वनाथ पौडेललाई जिम्मेवारी दिएको हो । पौडेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गराउनुभएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका अन्य सदस्यहरू रामकुमार फुयाल,दिलबहादुर लिम्बू गुरूङले पनि आजै शपथ लिनुभएको छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड,अर्थमन्त्री जनार्दन शर्मा , कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की,स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ,मुख्यसचिव शंकरदास बैरागी ,अर्थसचिव शिशिर ढुँगाना, प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल,धनराज ज्ञवाली,राष्ट्रिय योजनाका सचिव केवल भण्डारीलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू