कोमलले फ्याँकेको धुलो के छ ओखतीमुलो ?

दुनियाँलाई मूर्ख बनाउनुको पनि एउटा हद हुन्छ । यस्तै मूर्ख बनाउन खोजेकी छन्, गायिका कोमल वलीले । सञ्चारमन्त्री माओवादीकै पोल्टामा हुँदा पुनः सुरेश कार्कीले रेडियो नेपालमा कार्यकारी निर्देशकको बाजी मारे । ६ मंसिरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनी राप्रपा प्रवेश गरेकी थिइन् । अधिकृत तहभन्दा माथिको कर्मचारीले राजनीतिक गतिविधिमा प्रत्यक्ष सहभागी हुन नमिल्ने भिटो लगाउँदै रेडियो नेपालको जागिरेसमेत रहेका वरिष्ठ साहित्यकार नवराज लम्साल कांग्रेसनिकट लेखक संघको अध्यक्षमा वियोगी बुढाथोकीलाई हराएर निर्वाचित भएका थिए । तर, यही कारण लेखक संघको कुर्सीमा बस्ने अवसर उनलाई जुरेन । सो कुर्सी श्रवण मुकारुङलाई छाडेर चुपचाप रेडियो कर्ममा फर्किए ।

जुन भिटो नवराजलाई लाग्यो त्यही भिटो कोमललाई लाग्ला÷नलाग्ला ? धेरैको जिज्ञासा छ । रेडियो नेपालले यसबारे कोमलसँग जिज्ञासा राख्यो । तर, उनले गल्ती स्विकार्नु त परको कुरा सिधै आँखामा झुलो हाल्ने हिसाबले जवाफ फर्काइन् । ५ माघमा कार्यकारी निर्देशकलाई सम्बोधन गरेर बुझाएको स्पष्टीकरण पत्र जनआस्थाले फेला पारेको छ । लेखिएको छ, ‘मैले हालसम्म नेपालमा रहेका कुनै पनि राजनीतिक दलको वैधानिक सदस्यता नलिएको व्यहोरा सम्बन्धित निकायलाई जानकारी गराउँदछु ।’

कुनै सदस्य नभई पार्टीले त्यत्तिकै महाधिवेशन आयोजक समितिमा राख्दैन । कोमल फागुनमा हुन लागेको राप्रपाको महाधिवेशन आयोजक समितिकी सदस्य हुन् । ओलीले यसरी सिधै आँखामा धुलो हाल्न खोज्दा माओवादीनिकट पत्रकारलाई चिल्लै बनाउँदै पुनः अध्यक्षमा बाजी मार्न आइपुगेका सुरेश कार्कीले कोमललाई कारबाही गरेर आँट देखाउलान् वा उनकै लोलीमा बोली मिलाउलान् हेर्न बाँकी नै छ ।

टिप्पणीहरू