महेश बस्नेतको शनिवार भक्तपुर भेला

महेश बस्नेतको शनिवार भक्तपुर भेला

एमाले भक्तपुर जिल्ला कमिटीले आगामी शनिवार अन्य पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने भएको छ । आज जिल्ला कमिटीको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघ नेपालमा,सामाजिक परिवर्तन युवाको काँधमा भन्ने मूल नाराका साथ शनिबार दिउँसो २ बजे नीलबाराही पार्टी प्यालेसमा उक्त कार्यक्रम हुने जानकारी दिइएको छ ।

नेकपा नेता महेश बस्नेतको प्रमुख आतिथ्यमा हुने पार्टी प्रवेश कार्यक्रमको तयारीका लागि मध्यपुर थिमी नगरपालिकाका १ देखि ९ वडाका वडा कमिटी अध्यक्षहरुसँग आज साँझ छुट्टै बैठक बोलाइएको थियो ।

टिप्पणीहरू