किराको आडमा कुकुर्म

एकजना भारतीय महिलाले लोग्नेविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकी छन् । इन्द्रनगरकी सुजाथा शर्माका अनुसार ४० वर्षीय अविनाश शर्माले किराफट्यांग्राको आडमा आफूसँग जबर्जस्ती यौनसम्बन्ध राख्ने गरेका छन् । अविनाशले बाहिर अरु महिलासँग सम्बन्ध राख्ने गरेको थाहा पाएपछि सुजाथाले उनीसित यौनसम्पर्क राख्न अस्वीकार गर्दै आइरहेकी थिइन् । पत्नी सुजाथाले शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्न थालेपछि अविनाशले पत्नीको लुगाभित्र किरा हालिदिन थाले । किरासँग डराउने सुजाथाले यौनसम्पर्क गर्न राजी भएपछि मात्र किरा झिकिदिने गरेको उनको दाबी छ ।

टिप्पणीहरू