अमेरिकी राजदूत पनि पूजापाठमा

अमेरिकी राजदूत पनि पूजापाठमा

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी हिन्दू मन्दिरमा पूजाको लागि सामाग्री बोकेर उभिनुभएको तस्बिर सार्वजनिक भएको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावास र उसका राजदूतले प्रायः नेपाली रीतिरिवाज,चाडपर्व र संस्कृतिसँग भिज्ने गरी बेलाबखत विभिन्न कार्यक्रमको आयोजना गर्ने र सहभागी हुने गरेको पाइन्छ ।

यसपटक भने राजदूत बेरी आफैँ हातमा पूजा सामाग्री लिएर मन्दिर अगाडि उभिनुभएको हो । अमेरिकी राजदूतावासको सामाजिक सञ्जाल पृष्ठ केलाउने हो भने राजदूत र दूतावासले पछिल्लो पटक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती र असार १५ गतेसम्मको शुभकामना दिएको पाइन्छ ।

टिप्पणीहरू