छोराले केटो रोजेपछि…

भारतमा समलिंगी सम्बन्धले अझै मान्यता पाएको छैन तर ६८ वर्षीय विजय अग्रवाल र ६१ वर्षीया पत्नी सुष्माले समलिंगी छोरा ऋषिको बिहे क्यानाडाको ड्यानियल लाङडोनसँग धुमधामसित गरिदिएका छन् । शुरुमा छोराको अर्काे केटासँग प्रेम भएको समाचार सुनेर विजय र सुष्मा तीनछक परे तर बल्ल चार वर्षपछि छोराको इच्छामा राजी भए । र, परम्परागत हिन्दु धर्मअनुरुप नै बिहे गराइदिए । पञ्जाबका एकजना शिख युवकले समलिंगी बिहे गर्न नपाएकै झोंकमा गत वर्ष आत्महत्या गरेपछि अग्रवाल दम्पती डराएका हुन् । ऋषि र ड्यानियलको भेट सन् २०११ मा क्यानाडामा भएको थियो ।

टिप्पणीहरू