तेस्रोलिंगी नै टप

अमेरिकी राज्य अलास्कामा सम्पन्न महिला दौड प्रतियोगिता तेस्रो लिंगीले जितेका छन् । पुरुष तर महिला बन्दै हिँड्ने नात्ताफोन वाङयोटले सय र दुई सय मिटरको दौड प्रतियोगितामा बाजी मारेका हुन् । उनले दौड सजिलै जिते ।

वाङयोटलाई महिलाहरुको दौडमा भाग लिन लगाएकोमा अलास्का स्कुलहरुको संगठनले विरोध गरेको छ । पूर्वराष्ट्रपति ओबामाले तेस्रोलिंगीलाई छात्राहरुसँग बसेर नुहाउन र शौचालय जान अनुमति प्रदान गरेका थिए । यद्यपि सो निर्णयविरुद्ध ११ वटा राज्य अदालत गए भने अलास्का मौन बस्यो । प्रतियोगितामा पराजित छात्राहरुले स्वभावतः पुरुष हार्मोनले पुरुषलाई महिलाभन्दा शारीरिक रुपमा बलियो बनाउने भएकाले त्यस्तालाई भाग लिन लगाउने निर्णय गलत भएको राय प्रकट गरेका छन् ।

टिप्पणीहरू