प्रचण्डको हस्ताक्षर ‘किर्ते’

प्रचण्डको हस्ताक्षर ‘किर्ते’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको हस्ताक्षर किर्ते भएकोमा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष प्रचण्डको हस्ताक्षर, पार्टीको छाप, लेटर प्याड किर्ते गरी मन्त्रीमण्डल विस्तार सम्बन्धमा भ्रम फैलाइएको भन्दै केन्द्रले जानकारी गराएको छ ।

पार्टी सचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘हस्ताक्षर, लेटर प्याड, छाप किर्ते गरी पार्टी, पाँच दलीय गठबन्धन र आमसमुदायमा भ्रम फैलाउन अराजक तत्वहरुले कथित मन्त्रीमण्डल विस्तार गरेको छ ।’

केन्द्रले उक्त कार्यबाट प्रतिगमनकारी, पश्चगामी र पूरातनवादी तत्व हावी भएको जनाएको छ । उनीहरुले अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बदनाम गर्न खोजेको माओवादीको ठहर छ ।

जारी विज्ञप्तिमा उक्त भ्रमको पछि नलाग्न अनुरोध गर्दै दोषी पत्ता लगाएर कडाभन्दा कडा कारबाही गर्न समेत पर्टीले माग गरेको उल्लेख छ ।

टिप्पणीहरू