बागमती प्रदेशका उपसभामुख र सांसद सैनिक अस्पतालमा

बागमती प्रदेशका उपसभामुख र सांसद सैनिक अस्पतालमा

बागमती प्रदेशका उपसभामुख राधिका तामाङ र प्रदेश सभाका सांसद हितबहादुर तामाङ आज वीरेन्द्र सैनिक अस्पताल, छाउनी जानुभएको छ ।

कोरोना महामारीको संक्रमण पुष्टि भएका आफन्त भेट्न उपसभामुख र सांसद सैनिक अस्पताल छाउनी पुग्नुभएको उहाँहरु निकट स्रोतले बताएको छ ।

स्रोतले भन्यो, ‘कोरोना संक्रमण पुष्टि भएपछि छाउनीमा उपचार गराइरहेका आफन्त भेट्न उपसभामुख तामाङ र सांसद तामाङ अपरान्ह पाँच बजे त्यहाँ जानुभएको हो । उहाँहरु आफैँ बिरामी भएर अस्पताल जानुभएको भन्ने होइन ।’

टिप्पणीहरू