राष्ट्रिय सभामा सांसद बिडारीले भन्नुभयो ‘हामी कस्ता मान्छे सांसद भएछौँ ?’

राष्ट्रिय सभामा सांसद बिडारीले भन्नुभयो ‘हामी कस्ता मान्छे सांसद भएछौँ ?’

राष्ट्रिय सभा सांसद रामनारायण बिडारीले आफूहरु सांसद बन्न लायक नभएको आशंका गर्नुभएको छ । आज राष्ट्रिय सभाको बैठकमा बोल्दै बिडारीले परमादेशको अर्थ थाहा नभएकाहरू सांसद बन्न लायक नभएको बताउनुभएको हो ।

उहाँले सभामा परमादेश हरेक देशको सर्वोच्च अदालतले मात्र जारी मात्र गर्न पाउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै भन्नुभयो, ‘अहिले परमादेशबाटै संघीय संसदको राष्ट्रियसभाको बैठक बसेको हो । हामी त्यसैमा टेकेर बोलिरहेका छौं ।’

परमादेश जारी हुनुअघिको अवस्था बारे बोल्दै उहाँले आकाश जमिनको अन्तर रहेको बताउनुभयो । ‘खुत्रुक्क तीन दिन अधिवेशन बोलाउने, थाहै नपाई ढ्याप्प बन्द गरिने गरिएको थियो । परमादेशकै कारण प्रतिनिधिसभा ब्युँतियो, त्यसैका कारण ८३ मत ख्वाईं ख्वाईं हाल्न पाइयो’, उहाँले व्यङ्ग्य गर्दै सुनाउनुभयो ।

परमादेशको बेइज्जत गरिरहँदा आफूले अप्ठेरो महशुस गरेको बताउँदै उहाँले राष्ट्रियसभाको बैठकमा आक्रोश समेत पोख्नुभएको छ ।

टिप्पणीहरू