चारवटी एकैचोटि च्याप्प

कुवेतका २८ वर्षीय युवकले एकैपटक चारजना युवतीसँग बिहे गरेर सबैलाई चकित तुल्याइदिएका छन् । अरबी पहिरनमा सजिएका युवक र चार नवदुलहीको फोटो ट्विटरमा भाइरल बन्न पुगेको छ । पूर्व प्रेमिकाले बिहे गर्न कोही युवती राजी नहुने भनेपछि उनलाई जवाफ दिन युवकले एकैपटक चारजनासँग बिहे गरेका थिए । बिहे गरेर प्रेमिकालाई थुक्न चाहेको उनले बताए । त्यसो त सामाजिक सञ्जालमा केहीले उनले बिहे गरेका भनिएका चारवटै युवती मोडल मात्र हुनसक्ने आशंका गरेका छन् ।

टिप्पणीहरू