नजिकिनुको अर्थ रात बिताउनु हो ?

बलिउड अभिनेता शक्ति कपुरले छोरी श्रद्धालाई अभिनेता फरहान अख्तरको घरमा रात नबिताउन भनेका छन् । चलचित्र ‘रक अन २’ को छायांकन शुरु भएदेखि नै फरहान र श्रद्धा नजिकिएका थिए । चलचित्र प्रदर्शित भएको निकै समय बितिसक्दा पनि दुवै चौबिसै घण्टा साथसाथै देखा पर्न थालेपछि उनीहरुको सम्बन्धलाई लिएर निकै हल्ला फिँजिएको थियो । यद्यपि शक्तिले श्रद्धा असल केटी हुन् भन्दै हल्लालाई गम्भीरतापूर्वक लिन छोरीलाई आग्रह गरेको बताए ।

टिप्पणीहरू