फेरि नग्न फोटो छपक्कै

मेलानी ट्रम्प अमेरिकाको प्रथम महिला बनेलगत्तै न्युयोर्क टाइम्सलगायत केही पत्रिकाले उनको नग्न फोटो पुनः छाप्न थालेका छन् । ४६ वर्षीया मेलानी स्लोभानियामा जन्मेकी मोडल हुन् । १६ वर्षको उमेरदेखि मोडलिङ थालेकी उनको विगतमा न्युयोर्क टाइम्स, बेलायतको जिक्यु, हार्पर्स बाजार, ओसियन ड्राइभ, इन स्टाइल बेडिङ, एभेन्यु, एलुर, भ्यानिटी फेयर र भोग पत्रिकामा नग्न फोटो छापिएको थियो । राष्ट्रपति ट्रम्पभन्दा २४ वर्ष कान्छी उनी पूर्व युगोस्लाभियाका कम्युनिष्ट भिक्टर क्नाभ्सकी छोरी हुन् ।

टिप्पणीहरू