बाँकेमा स्कुटर चोर्ने चोर बर्दियामा फेला

बाँकेमा स्कुटर चोर्ने चोर बर्दियामा फेला

बाँकेमा स्कुटर चोरेर आफ्नै घर बर्दियामा लुकाएर राख्ने एक जना चोर प्रहरीको फन्दामा परेका छन् । कोहलपुर नगरपालिका–१२ बस्ने प्रकाश खड्काको घरमा पार्किङ गरी राखेको भे.७ प ५४८९ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिका–९ बैदी बस्ने उमेश चौधरी पक्राउ परेका हुन् ।

चौधरीले कोहलपुरमा चोरेको स्कुटर घरमा लुकाई राखेको अवस्थामा फेला परेको थियो । प्रहरीले स्कुटरसहित चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको बताइन्छ ।

टिप्पणीहरू