बैंकिङ्ग कसूर मुद्दाका फरार महिला प्रतिवादीहरु बेनीमा झ्याप्पै

बैंकिङ्ग कसूर मुद्दाका फरार महिला प्रतिवादीहरु बेनीमा झ्याप्पै

अदालतबाट बैंकिङ्ग कसूर ठहर भएका फरार तीन जना महिला प्रतिवादी हिजो म्याग्दीमा पक्राउ परेका छन् । शहर तथा जिल्ला सदरमुकाममा आर्थिक अपचलनको काम गर्दै हिँड्ने र अदालतको ठहरपछि लुकिछिपी धन्दा चलाउँदै आएकाहरु पछिल्लो पटक म्याग्दीमा पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला अदालत म्याग्दीबाट बैंकिङ कसूर मुद्दामा कैद तथा जरिवाना ठहर भएपछि फरार प्रतिवादीलाई बेनीबजारका विभिन्न स्थानबाट हिजो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेनी नगरपालिका–२ बस्ने ५५ वर्षीया सुनिता नेपाली, नगरपालिका–४ बस्ने ३३ वर्षीया जगदेवी थापामगर र सोही ठाउँ बस्ने ३५ वर्षीया नीरकुमारी खत्री रहेका छन् । बैंकिङ्ग कसूर मुद्दामा सुनितालाई ६ महिना कैद तथा ९ लाख ७८ हजार २ सय २५ रुपैयाँ जरिवाना, जगदेवीलाई ६ महिना कैद तथा ९ लाख ७९ हजार ६ सय ४९ रुपैयाँ जरिवाना र नीरकुमारीलाई ६ महिना कैद र ९ लाख ७० हजार ३ सय ५६ रुपैयाँ जरिवाना ठहर भएको थियो ।

पक्राउपछि उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएको थियो । अदालतको आदेशपछि कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय, म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

टिप्पणीहरू