सीमा क्षेत्रमा तस्करी गर्न यस्तोसम्म चलाखी

सीमा क्षेत्रमा तस्करी गर्न यस्तोसम्म चलाखी

नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले चार सदस्यीय बोर्ड गठन गरेको छ । त्यस्ता कार्यमा महिला, बालबालिका एवम् फरक क्षमता (अपाङ्ग) भएका व्यक्तिहरूको संलग्नता रहेको भन्दै उनीहरूलाई रोजगारीका अवसरहरू श्रृजना गर्नको लागि नेपाल सरकारको तर्फबाट के–कस्ता विकास योजनासहितका कदमहरू चाल्न आवश्यक हुने भन्ने विषयमा विस्तृत अध्ययन प्रतिवेदन पेश गर्न बोर्ड गठन गरिएको बताइएको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा उक्त बोर्ड गठन गरिएको हो । बोर्ड सदस्यमा कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी,सशस्त्र प्रहरी उपरीक्षक शशी पाण्डे र विश्वकुमार भट्टराई तथा सशस्त्र प्रहरी निरीक्षक बद्रि भुषाललाई राखिएको छ ।

साउन १० गते गठित उक्त कमिटीले भोलि साउन १४ गते बिहीबारभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ ।

टिप्पणीहरू