नेपालमा कोरोनाको नयाँ भेरियन्ट र तीन वटा उत्परिवर्तन फेला

नेपालमा कोरोनाको नयाँ भेरियन्ट र तीन वटा उत्परिवर्तन फेला

नेपालमा पनि कोरोना महामारीमा भिन्दाभिन्दै भेरियन्ट र त्यसका उत्परिवर्तन फेला परिरहेका छन् । यसबीचमा नेपालमा डेल्टा भेरियन्टका थप तीन वटा उत्परिवर्तन फेला परेका छन् ।

गत जेठ महिनाको मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न स्थानमा गरिएको नमूना संकलनबाट तीन वटा उत्परिवर्तन फेला परेको बताइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका भिन्दाभिन्दै स्थानबाट विभिन्न उमेर समूहका ४७ वटा नमूना जिनोमिक सिक्वाइन्सिङ्ग गर्दा डेल्टा भेरियन्टको बी १६१७२, के ४१७ एन म्युटेशन र एवाई १ फेला परेको हो ।

यीसहित नेपालमा अल्फा र डेल्टा भेरियन्ट समेत फेला परेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू