योजना आयोगमा विश्व पौडेल, प्रभुराम बने कार्यवाहक प्रधानसेनापति

योजना आयोगमा विश्व पौडेल, प्रभुराम बने कार्यवाहक प्रधानसेनापति

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा विश्व पौडेललाई नियुक्त गरेको छ । आज बसेको क्याविनेट बैठकले अर्थविद् पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, ब्याविनेट बैठकले नेपाली सेनाको बलाधिकृत रथी प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय पनि गरेको छ । साउन २५ देखि लागू हुने गरी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने क्याविनेटको निर्णय छ ।

२५ भदौबाट अनिवार्य अवकाश लिन लाग्नुभएका प्रधानसेनापति पूर्णचन्द्र थापा २४ साउनबाट विदा बस्ने तयारीमा हुनुहुन्छ ।

टिप्पणीहरू