आधिकारिक जसपाले मसक्क आँट्यो

आधिकारिक जसपाले मसक्क आँट्यो

निर्वाचन आयोगबाट आधिकारिकता पाएको भोलिपल्ट जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको वैठकमा आधिकारिकतापछि पार्टीमा विकसित घटनाक्रम र सरकारमा सहभागिताबारे छलफल भएको बताइएको छ ।

बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई,अध्यक्ष उपेन्द्र यादव,वरिष्ठ नेता अशोक राई, राजेन्द्रप्रसाद श्रेष्ठ,प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश २ का अर्थमन्त्री विजय यादव लगायतका नेताहरु सहभागी थिए ।

त्यस्तै, संघीय सांसदहरु मोहमद इश्तियाक राई,प्रमोद साह, रेणु कुमारी यादव, मिर्गेन्द्र कुमार सिंह, अमृता अग्रहरी, राम सहाय यादव, प्रदिप यादव, रामबाबू यादव, प्रमिला यादव, डा. सुरेन्द्र यादव, सुर्यनारायण यादव,लीलादेबी सिटौला, नरमाया ढकाल, रानी मण्डल, रेणुका गुरुङ सहभागी थिए ।

बैठकमा हिसिला यमी, राजकिशोर यादव, गोबिन्द चौधरी, मनिष कुमार सुमन, राम नरेस यादव, रमेस प्रसाद यादव, गजाधर रोहित यादव, हेमराज राई, गङ्गा नारायण श्रेष्ठ, रणध्वज कन्दन्हा, नबराज सुवेदी, पशुराम खापुङ, युबराज कार्की, रकम चेमजोङ,प्रकाश अधिकारी, डम्बर बल्लभ खतिवडा, दुर्गा सोब, पशुराम बस्नेत,प्रशान्त सिंह, भक्तबहादुर शाह,सुशीला श्रेष्ठ लगायत उपस्थित थिए ।

टिप्पणीहरू