काठमाडौंमा १० जना जुवाडे खालबाटै पक्राउ

काठमाडौंमा १० जना जुवाडे खालबाटै पक्राउ

जुवा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौंले दस जनालाई समातेको छ । आज जोरपाटीको लामा पेट्रोल पम्प नजिकै तास खेलिरहेका दस जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी घर भई हाल जोरपाटी डेरा गरी बस्ने ४६ वर्षका प्रेम लामा सहित १० जना रहेका छन् ।

प्रहरीको टोली लामाको कोठामा पुग्दा उनीहरु सबै तास खेलिरहेका थिए । उनीहरुको साथबाट नगद १ लाख ९७ हजार ५ सय रुपैयाँसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू