लुम्बिनी र गण्डकीका गभर्नर फेरिए

लुम्बिनी र गण्डकीका गभर्नर फेरिए

सरकारले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

केपी ओली नेतृत्वको सरकारले केही महिना पहिले शेरचनलाई हटाएर गण्डकीमा सीता पौडेललाई नियुक्त गरेको थियो । त्यस्तै, लुम्बिनीका धर्मनाथ यादवलाई पनि ओली सरकारले नै प्रदेश प्रमुख नियुक्त गरेको थियो ।पौडेल र यादव दुवै एमालेमा ओलीनिकट हुन् । पछिल्लो समय बिबादित गतिविधिमा मुछिएको आरोप झेल्दैछन् । गण्डकीका सभामुखलाई हटाउनुपर्ने पौडेलको अभिव्यक्ति विवादित भएको थियो ।

त्यस्तै, मुख्यमन्त्रीको निवासमै गएर शपथ खुवाएकोमा यादवको आलोचना भएको थियो ।

टिप्पणीहरू