यस्तो लाग्छ

अचेल विद्युत् प्राधिकरणको कर्मचारी देख्यो कि विद्युत् चोरेर घरतिर जान लाग्या हो कि जस्तो लाग्न थाल्छ । त्यस्तै, खानेपानीको कर्मचारी देख्यो कि पानी चोरेर लान लाग्या हो कि जस्तो लाग्छ । दूरसञ्चारको कर्मचारी देख्यो कि सिमकार्ड चोरेर लान लाग्या हो कि जस्तो लाग्छ ।

सडक विभागको कर्मचारी देख्यो कि अलकत्रा चोरेर लान लाग्या हो कि जस्तो लाग्छ । वन विभागको कर्मचारी देख्यो कि काठ चोरेर लान लाग्या हो कि जस्तो लाग्छ । श्रम विभागको कर्मचारी देख्यो कि पासपोर्ट चोरेर लान लाग्या हो कि जस्तो लाग्छ । जिल्ला शिक्षाको कर्मचारी देख्यो कि चिट चोराउन हिँड्या हो कि जस्तो लाग्छ । सिडिओको कर्मचारी देख्यो कि नागरिकता चोरेर लान लाग्या हो कि जस्तो लाग्छ । आयल निगमको कर्मचारी देख्यो कि पेट्रोल चोरेर भाग्न लाग्या हो कि जस्तो लाग्छ । खाद्य संस्थानको कर्मचारी देख्यो कि चामल चोर्न लाग्या हो कि जस्तो लाग्छ । करको कर्मचारी देख्यो कि राजश्व चोर्न आएको हो कि जस्तो लाग्छ ।

हुँदा–हुँदा अब त प्रधानमन्त्री देख्यो कि सांसद चोर्न आएको हो कि जस्तो लाग्न थाल्छ । के तपाईंलाई पनि यस्तै लाग्छ ?

टिप्पणीहरू