बाबुराम भट्टराईविरुद्ध मोटरसाईकल र्याली

बाबुराम भट्टराईविरुद्ध मोटरसाईकल र्याली

जसपा नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध वीर गोर्खाली अभियानले मोटरसाईकल र्याली निकालेको छ । भट्टराईले शनिबार गर्नुभएको ट्वीटमा जीवन र समाजको उचित व्यवस्थापन निम्ति देशकाल अनुरुप बनाइएका नियम नै धर्म भएकाले ती निरन्तर परिवर्तनशील हुने लेख्नुभएको थियो ।

उहाँको त्यहि ट्वीटको बिरोध गर्दै गोर्खाली अभियानले शिवसेना नेपालका पूर्वप्रवक्ता तथा बिरोध कार्यक्रममा संयोजक विक्रम पाण्डेको नेतृत्वमा धुम्बाराहीदेखि माइतीघर मण्डलासम्म बिरोध र्याली निकालेको हो ।२ सय भन्दा बढी मोटरसाईलमा दुई जनाको दरले बसेका प्रदर्शनकारीहरु भट्टराई र एमसीसी सम्झौता विरुद्ध नारा लगाउँदै धुम्बाराहीस्थित पिपलबोटबाट निस्केका हुन् ।

हाँडिगाउँ, ज्ञानेश्वर, मैतिदेवी, धोबीखोला करिडोर हुँदै निस्केको मोटरसाइकल र्यालीका सहभागीहरु माइतीघरमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बिरोध पत्र पठाउने बताएका छन् ।

नेता भट्टराईले ट्वीटमा यस्तो लेख्नुभएको छ, ‘धार्यते इति धर्मः ! जीवन र समाजको उचित व्यवस्थापन निम्ति देशकाल अनुरूप बनाइएका नियम नै धर्म हुन् । ती निरन्तर परिवर्तनशील हुन्छन् ।

तर विभिन्न कालखण्डमा घुसाइएका अन्धविश्वास, कुरिति, रूढीवाद धर्म हैनन् । तिनलाई समातेर कसैले राजनीति गर्छ भने त्यसको विरोध हुनैपर्छ । यसमा कुनै किन्तुपरन्तु हुन्न ।’

टिप्पणीहरू