काजीको किचेनमा युवा संघको छलफल

काजीको किचेनमा युवा संघको छलफल

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संघले आज विविध विषयमा छलफल गरेको छ । छलफल संघको कार्यालय वा एमाले कार्यालयमा नभई राजधानीको एउटा पार्टी प्यालेसमा भएको हो ।

संघका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा संघको चालु आन्दोलन, उपत्यकास्तरीय युथ फोर्सको मार्चपास तथा घोषणासभाको समीक्षा,विगतमा जारी विशेष सर्कुलर र विशेष निर्देशनको वर्तमान अवस्था एवम् आगामी कार्ययोजनाबारे आन्तरिक छलफल भएको बताइएको छ ।

कार्यक्रम आज दिउँसो बत्तिसपुतलीस्थित काजीको किचेन पार्टी प्यालेसमा गरिएको थियो ।

टिप्पणीहरू