गाउँ गाउँमा एकनाले भरूवा बन्दुक भिर्नेको बिगबिगी

गाउँ गाउँमा एकनाले भरूवा बन्दुक भिर्नेको बिगबिगी

पछिल्लो समयमा ग्रामीण भेगमा भरुवा बन्दुक बोकेर हिँड्नेको बिगबिगी बढेको छ । सोहि क्रममा खोटाङमा भरुवा बन्दुकसहित तीन जना समातिएका हुन् ।

दिक्तेलको रूपाकोट मझुवागडी नगरपालिका–१०, पाखेकाका ५९ वर्षीय परशुराम बानियाँसहित तीन जनालाई तीन थान एकनाले भरूवा बन्दुकसहित प्रहरलिे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तालखर्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई चेब जाँच गर्ने क्रममा बन्दुकसहित फेला पारेको बताइएको छ ।

झापा र कास्कीमा किशोरीमाथि जबरजस्ती करणी

कास्की र झापामा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना समातिएका छन् । पोखरा महानगरपालिका–२५, हेम्जामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कास्कीको माछापुच्छ्रे गाउँपालिका, नयाँगाउँका ३२ वर्षीय हर्कबहादुर विक पक्राउ परेका हुन् ।

उता, झापाको मेचीनगर नगरपालिका–१०, गोरुहट्टीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत मधुवनी थाना बासोपट्टीग्राम मडिया घर भएका २२ वर्षीय सुरेन्द्र सहनीलाई प्रहरीले हिजो साँझ गिरफ्तार गरेको छ ।

विक र सहनीले दुवै किशोरीलाई ललाई फकाई, प्रलोभन र डरत्रास देखाएर जबरजस्ती करणी गरेका थिए ।

वन्यजन्तु अंगको तस्करी बढ्यो, हात्तीको दाह्रा बोकेर दिउँसै बजारमा

निषेधाज्ञा र महामारीको मौका छोपेर तस्करहरुले वन्यजन्तुको अंगको तस्करी गरेका छन् । यो क्रम बढ्दै गएको सुरक्षाकर्मी तथा संरक्षणकर्मीहरुले बताएका छन् । यसैबीच बारामा हात्तीको दाह्रा तस्करी गर्न हिँडेका तीन जना प्रहरीको फन्दामा परेपछि रहस्य बाहिर आएको हो ।

जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज बजारबाट ४ फिट लम्बाई र १२ इञ्च मोटाई भएको १ थान हात्तीको दाह्रासहित निजगढ नगरपालिका–११ का २९ वर्षीय सूर्यप्रताप तामाङ लगायत तीन जना समातिएका छन् ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५०प१२२७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय, अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको हात्तिको दाह्रासहित उनीहरु पक्राउ परेका हुन् ।

टिप्पणीहरू