गर्भपतनका औषधि बेच्ने को ?

केही दिनपहिले बाग्लुङ नगरपालिका–२ पुरानो बसपार्कमा एउटा शिशु मृत भेटियो । उसको भ्रुण हत्या गरी फालिएको थियो । पोष्टमार्टम रिपोर्टले औषधि सेवन गरी भ्रुणहत्या गरेको ७ महिनाको शिशु भएको पुष्टि ग¥यो ।

जिल्ला प्रहरीले २ जनालाई अनुसन्धानका लागि भन्दै पक्राउ गरेको पनि हो । तर, भोलिपल्टै ती धरौटीमा छुटे । अवैध सम्बन्धबाट गर्भ रहन गएकाले औषधि प्रयोग गरी भ्रुणहत्या गरिएको हुनसक्ने अनुुसन्धानबाट पुष्टि भएको छ । बाग्लुङको परिवेशमा यो पहिलो घटना भने होइन, सरकारले १ पुसदेखि लागू हुने गरी गर्भपतन सेवा–सुविधा निःशुल्क गरेको छ । धौलागिरि अञ्चल अस्पतालमा यो सुविधा भए पनि गर्भपतनका लागि खासै आउने गर्दैनन् । अहिले दिनहुँ दुई÷तीन जना पुग्ने गरेको डाक्टर बताउँछन् । आधुनिकीकरणका नाममा जिउने जीवनशैलीमा आएको परिवर्तनसँगै आपराधिक घटना पनि बढ्दो छ । बाग्लुङ सबैभन्दा बढी रेमिन्ट्यान्स भित्रिने जिल्ला हो । श्रीमान् विदेश गएपछि श्रीमती छोराछोरी पढाउने निहँुमा सदरमुुकाम बस्ने प्रचलन पनि बढ्दो छ । जसकारण जिल्ला प्रहरी कार्यालयमा पछिल्लो समय यौन आपराधिक घटनाका उजुरी ह्वात्तै बढेका छन् ।

नेपाल सरकारले क्याक (गर्भपतनको विस्तृत उपचार) र म्याक (औषधि प्रयोग) सेवा निःशुल्क गरेको छ । १२ सातासम्मको क्याक र ९ हप्तासम्मको म्याक सेवाको माध्यमबाट गर्भपतन गराउन चाहने व्यक्तिलाई सेवा निःशुल्क हुने गर्छ । तर, अञ्चल अस्पतालभित्रै कर्मचारी अनियमिताको धन्दामा संलग्न हुँदै आएको गुनासो छ । प्रायः डाक्टर, नर्स  स्वास्थ्यकर्मीको आ–आफ्नै औषधि पसल तथा क्लिनिक छन् । आफूलाई आधुनिक र स्मार्ट मान्ने अहिलेका युवा÷युवती गर्भपतनमा बढी जोडिएका छन्, जसकारण समाजमा आपराधिक क्रियाकलाप बढ्दो छ । रासलीलामा फसेका युवतीले हल्लाबाट बच्न गोप्य रूपमा विनासल्लाह चर्को रकम तिरेर गर्भपतनका औषधि खरिद प्रयोग गरेका छन्, जसले गर्दा धेरैलाई अस्पतालको बेडमा पुग्नै पर्ने बाध्यता छ । किनभने तालिमप्राप्त व्यक्तिको विनासल्लाह प्रयोग गरिने औषधिले उनीहरू रगत बग्ने समस्या लिएर रुँदै अस्पताल पुग्ने गरेका छन् । डाक्टर भन्छन्, ‘यस्तो विकृतिले युवतीको ज्यानसमेत जोखिममा हुन्छ ।’

४ सयदेखि ५ सयसम्ममा पाइने औषधिलाई अवैधानिक पसलले १५ सयदेखि ५ हजारसम्म लिने गरेको कर्मचारी बताउँछन् । अवैधानिक पसलबाट गर्भपतनसम्बन्धी औषधि बिक्री–वितरण बन्द हुने हो भने निःशुल्क सेवा दिने स्वास्थ्य संस्थामा मात्रै जाने र बढ्दो यौन विकृति पनि नियन्त्रणमा आउने थियो कि !

– बबिता शर्मा

टिप्पणीहरू