टोक्यो ओलम्पिकमा १३ वर्षकी खेलाडीले जितिन् स्वर्ण,रचिन् नयाँ इतिहास

टोक्यो ओलम्पिकमा १३ वर्षकी खेलाडीले जितिन् स्वर्ण,रचिन् नयाँ इतिहास

जापानको राजधानी टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा जापानकी मोमिजी निशियाले सबैभन्दा कम उमेरमा स्वर्ण पदक जितेर विश्व कीर्तिमान कायम गरेकी छन् ।

उनले १३ वर्षको उमेरमा महिला स्ट्रिट स्केटबोर्डिङमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेर इतिहास रचेकी हुन् । जितपछि उनले भनेकी छन् ‘मैले सोचेको पनि थिइन,तर नजिकैका सबैले मलाई हौसला दिए । त्यसैले म खुशी छु ।’

यस्तै रजत पदक जित्ने ब्राजिलकी रेयसा लिएल पनि १३ वर्षकै हुन् । कास्य पदक जित्ने जापानकी फुना नाकायामा १६ वर्षकी छन् । यसपटक प्रतियोगिताको पहिलो स्वर्ण पदक चिनियाँ खेलाडीले जितेका हुन् ।

अहिले खेलाडीहरूले नयाँ इतिहास र रेकर्ड रच्ने क्रम जारी छ ।

टिप्पणीहरू