नबिल बैंकको व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

नबिल बैंकको व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

नबिल बैंकले बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप आफ्ना ग्राकहमहानुभावहरुलाई ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।

इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको उपभोग गर्न सक्नेछन् ।

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको छ ।

आफ्नो देशभर १३५ वटा शाखाकार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित रहेको बैंकले जनाएको छ ।

टिप्पणीहरू