पार्टी मिलाउने भेला अचेल पटकपटक « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

पार्टी मिलाउने भेला अचेल पटकपटक

प्रकाशित मिति :  ११ श्रावण २०७८, सोमबार १९:००


नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपाल समूहले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । नेपालपक्षीय नेताहरुको आइतबार र आज सोमवार बुध्दनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको स्थायी समितिका नेताहरुको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयासलाई सकारात्मक रुपमा लिँदै त्यसलाई टुंगोमा पुर्याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकले पार्टी एकताका लागि भइरहेको प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रहसमेत गरेको छ ।

‘पार्टी एकताका लागि भएका प्रयासहरु धेरै हदसम्म सकारात्मक छन् । ती प्रयासहरुलाई छिटो टुंगोमा पुर्याउनका लागि थप प्रयास गरौं भन्ने कुरा भयो । सबै नेताले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन् ।’ नेता रघुजी पन्तले बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘तर दुवै पक्षका शीर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासहरुलाई बिथोलिने गरी अभिव्यक्ति दिनुभएन । एमालेका देशभरिका कार्यकर्ता,मतदाताहरु र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनता एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ । त्यसैैले पार्टी एकतालाई गम्भिरतापूर्वक अघि बढाउँदै सफल बनाउनु पर्छ भन्नेमा जोड दिइएको छ ।’

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टैै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शीर्ष नेताहरुलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिनु भयो । पार्टीलाई एकतावद्ध बनाउँदैै देशव्यापी रुपमा सशक्त ढंगले अघि बढन आफूहरु तयार रहेको उहाँले बताउनु भयो ।

बैठकमा संविधानको रक्षा, प्रतिनिधिसभाको पुनर्स्थापनासँगै यसको प्रभावकारी काम कार्वाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि नेताहरुले छलफल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !