जसपाको औपचारिक विभाजन, उपेन्द्र पक्षले पायो आधिकारिकता

जसपाको औपचारिक विभाजन, उपेन्द्र पक्षले पायो आधिकारिकता

संसद्को चौथो दल जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजित भएको छ । पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै लामो समयदेखिको दुईपक्षीय विवाद औपचारिक विभाजनमा पुगेको हो ।

अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकतासम्बन्धी विवाद निरुपण गर्दै निर्वाचन आयोगले आज यादव पक्षलाई पार्टीको मान्यता दिएको हो ।

यसअघि आजै आयोगले दुवै पक्षलाई बोलाएर हस्ताक्षर सनाखत गराएको थियो । सनाखतमा यादव पक्षको बहुमत पुगेपछि उसैले आधिकारिकता पाएको हो ।

५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र पक्षमा र १६ जनाले ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए । फौजदारी कसुरमा डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी भने तटस्थ बसे ।

टिप्पणीहरू