केपी ओलीले प्रतिगमन गरेकै हो-राजेन्द्र महतो

केपी ओलीले प्रतिगमन गरेकै हो-राजेन्द्र महतो

प्रतिनिधिसभा विघटनको समर्थन गर्दै केपी ओली नेतृत्वको सरकारमा १८ दिने उपप्रधानमन्त्री बनेका जसपा नेता राजेन्द्र महतोले उनै ओलीलाई प्रतिगमनकारी भनेका छन् ।

पार्टीको आधिकारिकता विवादमा हस्ताक्षर सनाखत गराउन बहादुर भवनस्थित निर्वाचन आयोग कार्यालय पुगेका महतोले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई प्रतिगामी भनेका हुन् ।

आयोग प्राङ्गणमा उभिएर महतोले भने, ‘केपी ओलीले प्रतिगमन गरेकै हो । हाम्रालागि यो प्रतिगमनकारी संविधान जारी गर्ने सबै प्रतिगामी हुन् ।’ सरकारमा जान ओलीसँग घाँटी जोडेको आरोप लागेका महतोले अन्तत: ओलीलाई प्रतिगामी करार गरेका हुन् ।

‘केपी ओलीले प्रतिगमन गरेकै हो । हाम्रालागि यो प्रतिगमनकारी संविधान जारी गर्ने सबै प्रतिगामी हुन् ।’

ओली सरकारमा जाने महन्थ खेमाको निर्णयकै कारण जसपा विभाजनमा धकेलिएको हो । लामो समयदेखिको विवाद सरकारमा जाने महन्थहरुको निर्णयका कारण उत्कर्षमा पुग्दा फुटको बाटो लिएको थियो । आफ्नै निर्णयले पार्टी फुटमा पुगेको बिर्सिएर महतोले विभाजनलाई दुर्भाग्यपूर्ण पनि भने ।

जसपाको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले आज गरेको बहुमत परीक्षण (हेड काउन्ट)बमा उपेन्द्र यादव पक्षमा बहुमत गएपछि महन्थ खेमा संकटमा परेको छ । नेता महतोले जनतामा गएर नयाँ ढंगले पार्टी बनाउने बताए ।

टिप्पणीहरू