२४ घण्टामा २५ को ज्यान गयो, ३४ सय संक्रमित

२४ घण्टामा २५ को ज्यान गयो, ३४ सय संक्रमित

गत २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाको मृत्यु पुष्टि गरेको हो ।

सोही अवधिमा देशभर तीन हजार ४२१ संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १२ हजार २४० जनामा पीसीआर तथा ५ हजार ३२ जनामा एन्टिजेन गरी १७ हजार २७२ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, आज १ हजार ६८६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर २७ हजार ९०८ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू