महाभारतका कार्यकर्तासँग माओवादी नेताको छलफल

महाभारतका कार्यकर्तासँग माओवादी नेताको छलफल

नेकपा (माओवादी केन्द्र) ले काभ्रेको महाभारत गाउँपालिका स्थायी घर भई विभिन्न पेशा,व्यवसायका लागि काठमाडौँमा रहेका आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।

आज बनेपा-८ स्थित पन्चकन्या ब्याङ्केटमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्राशिक्षण दिनुभएको हो ।

भेटघाट तथा छलफलका लागि भनी आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता सूर्यमान दोङ लालध्वज), गङ्गाबहादुर दोङ (बमध्वज),बाग्मती प्रदेशका सांसद रत्न ढकाल,महाभारत गापाका पार्टी कमिटी अध्यक्ष सुजन लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छाराम जिम्बालगायत उपस्थित छन् ।

टिप्पणीहरू