एनआरएनए यूएईको उपाध्यक्षमा राजेन्द्र रोस्याराको उम्मेदवारी

एनआरएनए यूएईको उपाध्यक्षमा राजेन्द्र रोस्याराको उम्मेदवारी

एनआरएए यूएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन चलायमान भएको छ । आगामी जुलाई ३० मा हुन लागेको अधिवेशनमा नेतृत्वको लागि राजेन्द्र रोस्याराले उम्मेद्वारी दिने भएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा १३ वर्षअगाडि धनगढीको कैलालीबाट यूएई आएका रोस्यारा उत्तरी इमिरेट्सको नेपाली समुदायमा सामाजिक अभियन्ताको रूपमा उच्च छवि बनाएका व्यक्ति हुन् । सामान्य रोजगारी गर्न आएका उनी राक क्षेत्रमा रेस्टुरेन्टमा लगानी गरेर व्यावसायिक अनुभव संगाालेका सहयोगी र कर्तव्यबोध भएका युवासमेत हुन् ।

यूएईका आम नेपालीमा उनी नयाँ जस्ता देखिए पनि सामाजिक, साँस्कृतिक,राजनीति व्यक्तित्वको नजरमा भने जिम्मेवार र कर्तव्यनिष्ठ युवा समाजसेवीका रुपमा चिनिन्छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएइको आसन्न २१-२३ कार्यकालको लागि रोस्याराले उपाध्यक्ष पदमा आफ्नो दावेदारीको घोषणा गर्दै आफ्नो जीत हुने दाबी गरेका छन् । पुराना एनआरएनकर्मीको साथ र सहयोग भएका कारण आफ्नो जीत सुनिश्चित भएको उनले बताए ।

सन् २०१३ देखि २०१७ सम्म दुई कार्यकाल एनआरएन राक क्षेत्रको अध्यक्षको जिम्मेवारी सम्हालेर उत्तरी इमिरेट्समा एनआरएनएको साख जोगाउने मध्येका एक दरिला स्तभ हुन् रोस्यारा । यति मात्रै नभएर उनी विभिन्न संस्थाहरुमा सल्लाहकारका रूपमा कार्यरत छन् ।
रोस्यारा आवद्ध संस्थाहरुमा इनास राक,सुदूरपश्चिम सेवा समाज,नेपाली समाज राक, जनप्रगतिशील मञ्च राक, एनआरएनए राक,नेप्लिज एसोसिएसन राक क्षेत्रमा सल्लाहकार भएर आफ्नो सम्लग्नता जनाइसकेका छन् ।

एनआरएनए राक क्षेत्रको वरिष्ठ सल्लाहकारसमेत रहेका रोस्यारा आफ्नो क्षेत्रमा समस्यामा परेका नेपालीहरुका लागि काम गर्ने युवा भएकोले उनको जित समग्र नेपालीहरुको विजय सावित हुने झापाली समाज युएईका राक क्षेत्र अध्यक्ष केशव कार्की बताउँछन् ।

टिप्पणीहरू