निर्वाचन आयोग जाने रेशम चौधरीको इच्छा

निर्वाचन आयोग जाने रेशम चौधरीको इच्छा

डिल्लीबजार कारागारमा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टीको आधिकारिकता विवादमा हस्ताक्षर सनाखत (हेड काउन्ट)का लागि निर्वाचन आयोग जाने इच्छा देखाएका छन् ।

तर, कागजी प्रक्रिया नमिलेका कारण उनलाई आयोग कार्यालय लैजाने कि जेलमै सनाखत गराउने निधो भैनसकेको कारागार स्रोतले बताएको छ ।

निर्वाचन आयोगले कारागारलाई यसअघि पठाएको पत्रअनुसार लैजान मिल्ने कि नमिल्ने भन्नेमा अन्योलता उत्पन्न भएको बताइएको छ ।

चौधरीलाई कारागारबाट बहादुर भवनस्थित आयोग कार्यालय लैजान आयोगको पत्र जरुरी पर्छ । कारागार स्रोतका अनुसार यसअघि आयोगले ‘सनाखतका लागि’ भन्ने व्यहोराको चिठी पठाएकाले जेलमै सनाखत गर्ने व्यवस्था मिलाइएको थियो ।

तर, सांसद चौधरीले आयोगमै जाने इच्छा जाहेर गरेकाले लैजाने सम्भावना समेत भएको बुझिएको छ । चौधरीले अध्यक्ष उपेन्द्र यादवको पक्षमा आफ्नो मत प्रकट गरिसकेको बुझिएको छ ।

टिप्पणीहरू