१३ दिने वनमन्त्री हिजो यसरी घानमा परे

१३ दिने वनमन्त्री हिजो यसरी घानमा परे

हिजो दिउँसो संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा रहेका १३ दिने वनमन्त्री नारदमुनी राना सांसदहरुको तारो बने । बोल्न पाइयो भन्दैमा प्याच्च नबोल्नु भन्ने उखान हिजो सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकमा सांसद रानामाथि लागू भएको हो ।

उनलाई सभ्य भाषामा अधिकांश समिति सदस्यले बैठकबाट बाहिर जान आग्रह गरेका थिए । नियमानुसार पनि उनी बैठकमा बस्न मिल्दैनथ्यो । बसे पनि मनपरी नबोलेको भए अवस्था विपक्षमा जाँदैनथ्यो ।

संसद सचिवालय स्रोत भन्छ, ‘कुनैपनि सांसद मन्त्री बनेपछि संसदीय समितिको सदस्यबाट स्वतः हट्ने संसदीय परम्परा हो । हिजोको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि केही सांसदले त्यो नियम पालना नगरेपछि अवस्था चर्काचर्कीमा पुगेको बताइन्छ ।

आफूहरुले निकै राम्रो काम गरेको,संसद विघटन सबैभन्दा राम्रोमध्येको एउटा राजनीतिक निर्णय भएको बताइरहेका थिए ।

सबैभन्दा पहिले बोल्ने क्रममा काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संसद पुनर्स्थापनाको कुरो उठाएका थिए । समितिमा पहिले मन्त्री भइसकेका तीन जना सांसद थिए-नारदमुनी राना,मोहन बानिया र रेणुका गुरुङ । हिजोको बैठकको प्रारम्भमा राना र बानिया अनुपस्थित थिए ।

मन्त्री भइसकेका सांसदले पुनः समिति सदस्यको हैसियतले उपस्थित हुन चाहेमा संसद सचिवालयका महासचिवलाई जानकारी गराउनुपर्ने भनिएको थियो । त्यो कुरो बैठकमा उपस्थित रेणु गुरुङले सुनेपछि उठेर बाहिरिएकी थिइन् ।

बैठकमा मूलतः समितिको कार्य समीक्षाको एजेण्डा थियो । समितिले यसअघि सरकारलाई दिएको सुझाव र निर्देशनको प्रगतिको बारेमा समीक्षा गर्ने भनिएको हो । समितिले हेर्ने दुई वटा मन्त्रालयमा अहिले विभागीय मन्त्री छैनन् । परराष्ट्र र अर्को पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री नभएपछि समितिले यसअघि दिइएका सुझाव र निर्देशनको समीक्षा गर्ने बताएको थियो ।

सांसदहरु भन्दै थिए ‘१३ दिने मन्त्रीको यत्रो फूर्ति ?’ राना मन्त्रीबाट खुस्केपछि हप्तौंसम्म पुल्चोकको मन्त्री क्वार्टर नछाड्नेमध्येका एक हुन् । उनी कैलाली ५ का सांसद हुन् । उनले निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई पराजित गरेका थिए ।

अर्को एजेण्डा भने विविध थियो । मोहन बानिया आएर माहौल मन्त्रीहरु यहाँ होइन है भन्ने खालको बन्दै गएको देखेपछि उनी त्यहाँबाट उठेर हिँडेका थिए । सांसदहरु दिव्यमणि,प्रकाशमान सिंह,उमा रेग्मी,सुरेन्द्र कार्की, बोधमाया लगायतले बोलिसकेपछि उनै पूर्ववनमन्त्री नारदमुनी राना बैठक कक्षमा छिरे ।

त्यसअघि सांसदहरुले बोलेको कुरो उनले सुनेकै छैन । उनी छिर्दा एमाले वरिष्ठ नेता माधव नेपालको भनाई सकिन लागेको थियो । संसद पुनर्स्थापना भएको सम्बन्धमा त्यसअघि बोलेका सबैले झैँ नेपालले पनि सम्बन्धित सबै पक्षलाई धन्यवाद दिनुभएको थियो ।

झ्वास्झ्वास्ती बैठक कक्षमा छिरेका नारदलाई नेता नेपालको कुरो सुनेपनि राम्रो लाग्ने कुरो पनि भएन । जबकि रानालाई मन्त्री भएको मान्छे बैठकमा किन भनेर यसअघिका दुई जनालाई झैँ सोधिएको पनि थिएन ।

त्यसपछि उनै राना बोले । नेता नेपाल र सांसद दीपकप्रकाश भट्टले बोलेको विषयमा कडा आपत्ति जनाउने शैलीमा उनले संसद पुनस्र्थापना परमादेशबाट भएको हो,जनादेशबाट होइन भन्न थाले । रानाले एमालेको बैठकमाझैँ हौसिएर बोले, ‘आफ्नो पार्टीका प्रधानमन्त्री र सरकार हुँदा त्यसविरुद्ध बैशाख २७ गते तपाईं (नेपाल) कहाँ हुनुहुन्थ्यो ? वरिष्ठ नेता भएर घरमा सुत्ने ? आफ्नो सरकार ढालेर संसद पुनर्स्थापनामा खुशी हुने ? आफ्नै सरकार ढाल्ने अनि विपक्षी गठबन्धनमा रमाउने ?’

त्यतिले नपुगेर रानाले आफूहरुले निकै राम्रो काम गरेको,संसद विघटन सबैभन्दा राम्रोमध्येको एउटा राजनीतिक निर्णय भएको बताइरहेका थिए । जबकि त्यसअघि कोरोना महामारीलगायतका राम्रा कुरामा समेत छलफल भएको थियो । तर राना अनुपस्थित भएकाले ती सबै कुरा सुन्न पाएका थिएनन् ।

माहोल सबैलाई अपाच्य भएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापतिले रुलिङ गर्नुभयो । तर नारदमुनीले जथाभावी बोल्ने क्रम रोकिएन । त्यसपछि रिसले आगो हुँदै वरिष्ठ नेता नेपालले ‘प्रतिगमनको मतियार भएर ठूला कुरा गर्ने ?’ भन्दै रानालाई प्रश्न गर्नुभयो ।

अन्य सांसदले मन्त्री भइसकेको मान्छे समितिमा बस्न संसदका महासचिवको चिठी चाहिन्छ भन्ने आशयले बोले । राना संसद विघटनको पक्षमा रहेको सबैलाई थाहा थियो । त्यहि सन्दर्भमा नेपालले रानालाई प्रतिगमनको मतियार भएर ठूला कुरा गर्ने ? यो समितिमा किन आउने ? संसद विघटन नै राम्रो थियो भन्नेले राजीनामा दिएर खुरुक्क गए हुन्छ, किन सांसदको बीचमा आउने ? जनताको बीचमा गए भइहाल्यो नि भनेर जवाफ दिनुभएको थियो ।

त्यसपछि पनि सांसदहरु सुदन किराती दिव्यमणि,सरला यादव र चाँदतारा कुमारी सबैले नारदको विपक्षमा बोलेका थिए ।

बैठक सकिएपछि समितिका सदस्य सांसदहरु भन्दै थिए ‘१३ दिने मन्त्रीको यत्रो फूर्ति ?’ राना मन्त्रीबाट खुस्केपछि हप्तौंसम्म पुल्चोकको मन्त्री क्वार्टर नछाड्नेमध्येका एक हुन् । उनी कैलाली ५ का सांसद हुन् । उनले निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई पराजित गरेका थिए । राना पहिले रातो पासपोर्ट काण्डमा समेत परेका हुन् ।

टिप्पणीहरू