विदेशी केटीलाई जिस्क्याएपछि…

नेपालीको छुकछुके बानी, कहिल्यै नजाने † शान्ति सेनाअन्तर्गत लाइबेरिया मिसनमा खटिएका मेजर गणेश रायमाझी एउटी डच (नेदरल्याण्डी) सैनिक युवतीमाथि यौन दुव्र्यवहार गरेपछि छानबिनमा परेका छन् । अनुसन्धान प्रक्रिया टुङ्गिनासाथ उनलाई नेपाल फर्काइने भएको छ । ती युवती पनि आफ्नो देशको तर्फबाट सोही मिसनमा खटिएकी थिइन् ।

यसैबीच, नं. ९ बाहिनी सिन्धुलीमा कार्यरत लेफ्टिनेन्ट कर्णेल सूर्य अधिकारीले अवकाशप्राप्त पूर्वप्रमुख सेनानी अनिरुद्रसिंह नगरकोटीको ३२ लाख लगानी गरिदिन्छु भनेर भुस बनाइदिएपछि परेको उजुरीउपर जंगी अड्डामा छानवीन शुरु भएको छ ।

पूर्वयुवराज दीपेन्द्र शाहसँगै भक्तपुर खरिपाटीमा (सि.सं. २९) तालिम लिएकाहरुको पनि बिजोगका दिन शुरु भएको छ । यिनैमध्येका हुन्, रामजी थापा । धुञ्चेमा गणपति रहँदा तिब्बततर्फ रक्तचन्दन तस्करीमा संलग्नताको आरोपसहित जेल जीवन बिताए । हाल पोखरातिर जग्गा दलालीमा व्यस्त छन् ।

दीपेन्द्रसँग तालिम गरेकै कारण ‘शाही बेसिक’ भनेर चिनिने उक्त टोलीकै हुन्, सबुज गण गजुरीमा ‘नाचु’ नामले चर्चित गणपति रामेश्वर सुवेदी पाहुना । पुग्दा स्वागत गरेको नाममाएउटा फूलको मालाको हिसाब ६० हजार देखाए । कोकाकोला पिएको हिसाब ४० हजार बनाए । यसरी ४५ लाखको टोयोटा गाडी चढ्ने हैसियतमा पुगे । ‘अति’ भएपछि ‘खति’ त हुने नै भयो । कोर्टमार्शलमा परे । बढुवा नहुने पक्का भएपछि अहिले खाडीतिरको रापमा पुगेर पुर्पुरो सुम्सुम्याइरहेका छन् । पूर्वतिर गुल्मपति हुँदा राशन काण्ड लागेर बढुवा कट्टीमा परेका प्रमुख सेनानी बुद्धि खड्का पनि ‘शाही बेसिक’ कै हुन् । पत्नीलाई स्तन क्यान्सर भएपछि ब्याचीहरुसँग  पाँच–सात लाखका दरले सापटी लिएर उपचार त गराए । तर, सिन्धुली, दुधौलीस्थित पहिला माओवादी लडाकुको शिविर रहेको ठाउँमा गणपति हुँदा उनले निर्माण गरेको भवन एक बर्षमै ढलेपछि फेरि छानवीनमा परेका छन् । र, फेरि पनि पाँच वर्ष बढुवाबाट बञ्चित भएका छन् ।

त्यही बेसिकका एक नम्बर फुटबल खेलाडी  प्रसे वसन्त गुरुङको प्रमोशन बोर्डमा नाम त प¥यो, तर १२ कक्षा वा आइएको प्रमाणपत्र बुझाउन नसकेपछि राजीनामा दिई घरतिरै थन्किएका छन् । अर्का छन्, ‘मासुख’ भनी बोलाइने माधवसुन्दर खड्का  । महासेनानीमा बढुवा भएको  चार–पाँच महिनामै  राजीनामा दिए । अहिले देश छाडेर अन्तै जाने तयारीमा छन् । सोझा, राम्रा मानिने रघु थापा दुईपटक हतियार  हराएको काण्डमा परिसके । पत्नीलाई स्तन क्यान्सर लागेपछि तनावमा छन् ।

टिप्पणीहरू